Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

होर्मुज स्ट्रेटमा अमेरिकी नाकाबन्दी जारी रहे ‘कडा बदला’ लिने इरानको चेतावनी

होर्मुज स्ट्रेटमा अमेरिकी नाकाबन्दी जारी रहे ‘कडा बदला’ लिने इरानको चेतावनी

शनिवार , बैशाख १२, २०८३

एजेन्सी । इरानी सेनाले होर्मुज स्ट्रेट क्षेत्रमा अमेरिकी गतिविधि विरुद्ध कडा चेतावनी दिएको छ । अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी जारी राखे प्रतिकारस्वरूप बदला लिइने इरानी सेनाको कमान्ड सेन्टरले जनाएको हो ।

सेनाको तर्फबाट जारी विज्ञप्तिमा अमेरिकाले यस क्षेत्रमा “नाकाबन्दी, समुद्री लुटपाट र डकैती” जारी राखेको आरोप लगाइएको छ। यस्तो गतिविधि नरोके इरानी सेनाबाट कडा जवाफ दिइने चेतावनी दिइएको छ।

उक्त विज्ञप्ति इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) निकट तस्निम समाचार एजेन्सी लगायत इरानका सरकारी सञ्चार माध्यमहरूले सार्वजनिक गरेका हुन् ।

अप्रिल १३ यता अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी कडा बनाएको बताइएको छ । सो क्रममा अमेरिकी सेनाले केही जहाजहरू नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

होर्मुज स्ट्रेट विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक हो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077