Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ट्रम्पमाथि गोली चलाउन खोज्नेलाई ‘राष्ट्रपतिको हत्या प्रयास’को मुद्धा

ट्रम्पमाथि गोली चलाउन खोज्नेलाई ‘राष्ट्रपतिको हत्या प्रयास’को मुद्धा

मंगलवार , बैशाख १५, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लक्षित गोलीकाण्ड प्रकरणमा ३१ वर्षीय कोल एलनमाथि ‘राष्ट्रपतिको हत्या प्रयास’को औपचारिक अभियोग दायर गरिएको छ।

शनिबार साँझ वासिङटनको हिल्टन होटेलमा आयोजित उच्चस्तरीय रात्रिभोजका क्रममा भएको उक्त घटनामा ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प, उपराष्ट्रपति जेडी भान्स तथा अन्य वरिष्ठ सरकारी अधिकारीहरू उपस्थित थिए।

एलन सुरक्षा जाँचलाई छक्याउँदै एउटा लामो बन्दुकसहित होटेलभित्र छिर्न सफल भएका थिए । मेटल डिटेक्टरबाट भागेर भित्र पुग्नेबित्तिकै उनले अन्धाधुन्ध गोली चलाए ।

यस क्रममा अमेरिकी सिक्रेट सर्भिसका एक अधिकारीको छातीमा गोली लाग्यो । उनले बुलेटप्रूफ ज्याकेट लगाएका कारण ज्यान जोगिन सफल भयो । सुरक्षाकर्मीहरूले तुरुन्तै कारबाही गर्दै आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए ।

एफबीआईको अनुसन्धानले एलन पूर्ण तयारीका साथ आएको देखाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077