Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images
आह्वान भइसकेको संसद रोकेर अध्यादेश

सरकारको आलोचनापछि सांसदहरुसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने

सरकारको आलोचनापछि सांसदहरुसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । सरकारले संसद रोकेर अध्यादेश ल्याएको भन्दै चौतर्फी विरोध शुरु भएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अनौपचारिक छलफलका लागि भन्दै सांसदहरुलाई बोलाएका छन् । 

छलफलका लगि काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूलाई उपस्थितिका लागि पार्टीले निर्देश गरेको छ ।

बिहान ११ बजेपछि सिंहदरबारस्थित दलको कार्यालयमा उपलब्ध सांसदहरूसँग सभापति लामिछानेसहित सांसदहरूबीच छलफल हुन लागेको महामन्त्री समेत रहेका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । 

रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह ‘बालेन’ ले संसद् रोकेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेसँगै सरकारको चौतर्फी आलोचना भएको छ । 

संवैधानिक परिषदमा सरकार पक्ष अल्पमतमा परेपछि बालेन शाह नेतृत्वको सरकारले अध्यादेशको बाटो रोज्दै फास्ट ट्रयाकमा कानून बनाउन खोजेको अन्य दलहरुको आरोप छ । 

झन्डै दुई तिहाइ नजिक बहुमत प्राप्त सरकारले संसदबाटै कानून बनाउनुपर्नेमा विगतमा एमाले–कांग्रेस नेतृत्वको सरकारजस्तै अध्यादेशबाट मुलुक चलाउन खोजेकोमा प्रतिपक्ष मात्र होइन सत्तापक्ष रास्वपाका कतिपय सांसदहरूले नै असन्तुष्टि जनाएका छन् । 

संसदमा प्रतिनिधित्व गर्ने ६ दलमध्ये सबैजसो विपक्षी दलहरूले सरकारले संसद् छलेर अध्यादेश ल्याउन लागेको भन्दै विरोध गरेका छन् । तर, विगतमा आफू प्रतिपक्षमा हुँदा अध्यादेशको विरोध गर्ने रास्वपाले भने अध्यादेशका सम्बन्धमा केही बताइसकेको छैन । 

अध्यादेशसहित समसामयिक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा सभापति लामिछानेसहित उपलब्ध पार्टीका सांसदहरूबीच छलफल  हुने भएको  हो । 

यसैबीच, सरकारले संसद् अधिवेशन स्थगित गरेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दलहरू आक्रामक बनेका छन्।

विकसित राजनीतिक घटनाक्रमबीच आज प्रमुख विपक्षीसहित विभिन्न दलहरूको संयुक्त बैठक बस्दैछ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता तथा भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन् ।

बैठकमा नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताहरूलाई आमन्त्रण गरिएको छ ।

बैठकमा सरकारले संसद् छल्दै अध्यादेश ल्याएको विषय, त्यसको संवैधानिक वैधता, र आगामी प्रतिवाद रणनीतिबारे विस्तृत छलफल हुने जनाइएको छ।

सरकारको सिफारिसमा बैशाख ८ गते राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १७ गतेका लागि संसद बैठक आह्वान गरेका थिए । तर, बैशाख १० गते पुनः सरकारकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन स्थगित गरेका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077