Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले कोही पनि सुकुम्बासीलाई घरबारविहीन हुन दिने छैन: रवि लामिछाने

सरकारले कोही पनि सुकुम्बासीलाई घरबारविहीन हुन दिने छैन: रवि लामिछाने

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको उचित व्यवस्थापनको जिम्मा सरकारले लिने बताएका छन्।

आज सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै सांसद समेत रहेका लामिछानले यस्तो बताएका हुन् ।

उनले जोखिमयुक्त क्षेत्रको बस्ती व्यवस्थापनका लागि सरकारले सुकुमवासीलाई सुरक्षित स्थानमा बताउँदै कसैलाई पनि घरबारविहीन नबनाउने बताए।

'जोखिमपूर्ण स्थानमा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ । ढल र बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थानबारे चिन्ता छ । सरकारले कोही सुकुम्बासीलाई घरबारविहीन हुन दिने छैन, आवश्यक समन्वयका लागि सुझाव स्वागत योग्य छ,' उनले भने ।

साथै सभापति लामिछानेले देशैभरि अव्यवस्थित बसोबाससम्बन्धी समस्यालाई एक विशेष आयोग बनाएर शीघ्र सम्बोधन गरिने बताए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077