Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुने रवि लामिछानेको दावी

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुने रवि लामिछानेको दावी

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुने बताएका छन् ।

आज सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने–‘मलाई लाग्छ छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ । कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि जानकारी गराउँछौं । उहाँले म माथि पनि छानिबन होस्, अरुलाई जस्तै मलाई पनि छानबिन गरियोस् भन्नुभएको छ । उहाँमाथि कुन प्रक्रियाबाट छानबिन हुने भन्ने कुरा चाँडै हुन्छ ।’

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विचौलिया दीपक भट्टसँग व्यवसायीक साझेदारी देखिएपछि गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077