Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महेश बस्नेतकी पत्नीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

महेश बस्नेतकी पत्नीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धानका लागि तेस्रो पटक पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीका अनुसार वैशाख १४ गते माइतीघर मण्डलामा धर्नामा बसेकी शोभा पाठकमाथि कुटपिट भएको घटनामा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरिएको थियो। उक्त समूहले माइतीघरमै पुगेर पाठकमाथि हातपात गरेको आरोप छ।

घटनाका क्रममा बस्नेतकी पत्नी अम्बिका बस्नेतमाथि पनि पाठक पक्षका केही पुरुषले हातपात गरेको बताइएको छ। तर ती व्यक्तिहरू भने अहिलेसम्म पक्राउ परेका छैनन्।

कुटपिटपछि घाइते भएकी पाठकलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । उनको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले ज्यान मार्ने उद्योग अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077