Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इरानलाई परमाणु हतियार विकास गर्न दिँदैनौं : डोनाल्ड ट्रम्प

इरानलाई परमाणु हतियार विकास गर्न दिँदैनौं : डोनाल्ड ट्रम्प

शुक्रवार , बैशाख १८, २०८३

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न नदिने स्पष्ट चेतावनी दिएका हुन् ।

ट्रम्पका अनुसार अन्तर्राष्ट्रिय समुदाय पनि इरानको परमाणु कार्यक्रम रोक्न सहमत रहेको दाबी गर्दै उनले आफ्ना अघिल्ला कदमहरू सफल भएको बताएका छन्।

'हाम्रो सेनाले इरानलाई पूर्ण रूपमा कमजोर बनाएको छ, जसले गर्दा त्यहाँको अर्थतन्त्रमा गम्भीर असर परेको छ,' उनले उल्लेख गरे।

उनले इरान सरकारमाथि गम्भीर मानवअधिकार उल्लंघनको आरोप समेत लगाएका छन्। ट्रम्पका अनुसार इरानमा विरोध प्रदर्शन गर्ने करिब ४२ हजार निहत्था नागरिकको हत्या गरिएको छ।

उनले इरान सरकारलाई ‘उग्रवादी समूह’को संज्ञा दिँदै त्यसलाई कमजोर पारिएको दाबी गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077