Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसलाई एकताबद्ध बनाएर लैजान प्रतिबद्ध छु : सभापति थापा

कांग्रेसलाई एकताबद्ध बनाएर लैजान प्रतिबद्ध छु : सभापति थापा

शनिवार , बैशाख १९, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार नेता दमन पोखरेलको जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीभित्र देखिएका समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले त्यसका लागि शीर्षदेखि तल्लो तहसम्मका जिम्मेवार नेताहरूको सक्रिय भूमिका अपरिहार्य हुने बताए।

‘सबैलाई समेटेर अघि बढ्ने दिशामा म अझ सक्रिय रूपमा काम गर्छु,’ थापाले भने, ‘तर समस्या बल्झाउने होइन, समाधान गर्ने दिशामा पार्टीका जिम्मेवार नेताहरूले पनि इमानदार भूमिका खेल्नुपर्छ भन्ने मेरो अपेक्षा छ। आफ्नै घर हो, मिलाएर लैजान सकिन्छ।’

उनले पार्टीभित्रको आन्तरिक एकता सुदृढ नगरी राजनीतिक लक्ष्य हासिल गर्न कठिन हुने संकेत गर्दै संगठनलाई व्यवस्थित र अनुशासित बनाउनुपर्ने आवश्यकता औंल्याए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077