काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आधिकारिकता विवाद टुङ्गिएपछि पार्टीभित्रको विवाद समाधानका लागि असन्तुष्ट पक्षसँग छलफल गर्न थालेका छन्।
सभापति थापाले आधिकारिकता विवाद टुङ्गिएपछि अब पार्टीलाई एकताबद्ध बनाएर महाधिवेशनमा लैजाने वातावरण बनाउनको लागि पहल थालेका हुन् ।
जसका लागि आधिकारिकता विवाद पहिलो पटक आज बिहान डा. शेखर कोइरालासँग उनको विशालनगरस्थित सचिवालयमा करिब एक घण्टा भेटवार्ता गरेका थिए ।
स्रोतका अनुसार भेटमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको थियो ।
यसै सन्दर्भमा यसअघि सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग वैशाख ६ गते भेटवार्ता गरेका थिए ।
यसैगरी सभापति थापाले आजै फेरि निवर्तमान कार्यवाहक सभापति खड्कासँग छलफल गर्ने तय भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
'हामीले पार्टीभित्रको विवाद मिलाउने जिम्मा सभापतिलाई दिएका छौँ। त्यसैले सभापति आज बिहान डा। शेखर कोइरालासँग भेट्न जानु भएको थियो । उहाँहरूबीच करिब एक घण्टा जति कुराकानी भयो । आजै फेरि निवर्तमान कार्यवाहक सभापति खड्कासँग छलफल गर्ने तय भएको छ,' उनले भने ।