Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्पद्वारा रुस–युक्रेनबीच तीन दिने युद्धविराम घोषणा, हजारौँ कैदी आदानप्रदान हुने

ट्रम्पद्वारा रुस–युक्रेनबीच तीन दिने युद्धविराम घोषणा, हजारौँ कैदी आदानप्रदान हुने

शनिवार , बैशाख २६, २०८३

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिनका लागि युद्धविराम घोषणा गरेका छन् ।

उनका अनुसार मे ९ देखि ११ सम्म लागू हुने युद्धविराम अवधिमा दुवै देशले लडाइँका गतिविधि रोक्ने र हजारौँ युद्धबन्दी आदानप्रदान गर्नेछन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत युद्धविरामको घोषणा गर्दै रुस र युक्रेन दुवै दोस्रो विश्वयुद्धसँग ऐतिहासिक रूपमा जोडिएका देश भएकाले यो अवधि शान्तिको सन्देश दिन महत्वपूर्ण हुने बताएका छन् ।

उनले लेखेका छन्, 'म यो घोषणा गर्न पाउँदा खुसी छु– रुस र युक्रेनबीच मे ९, १० र ११ तीन दिन युद्धविराम हुनेछ । रुसले विजय दिवस मनाउँदै छ र युक्रेनले पनि मनाउँदै छ, किनकि उनीहरू पनि दोस्रो विश्वयुद्धका हिस्सा हुन् ।'

ट्रम्पले आफ्नो आग्रह स्वीकार गरेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभार व्यक्त गरेका छन् ।

उनका अनुसार युद्धविराम अवधिमा हजारौँ कैदीको आदानप्रदान गरिनेछ । उनले यो कदम लामो, घातक र कठिन युद्ध अन्त्यतर्फको प्रारम्भिक प्रयास हुनसक्ने विश्वास व्यक्त गरेका छन् ।

ट्रम्पले भनेका छन्, 'यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो द्वन्द्व हो र यसलाई अन्त्य गर्न वार्ता जारी छ ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077