काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ ।
बुधबार पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम समिति पुनर्गठन गरेका हुन्।
पुनर्गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङलाई जिम्मेवारी दिइएको छ ।
समितिको सदस्यमा धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली रहेको कांग्रेसका कामवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।