Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेइजिङमा ट्रम्पलाई रेड कार्पेट, सीसँग सरू भयो भेटवार्ता

बेइजिङमा ट्रम्पलाई रेड कार्पेट, सीसँग सरू भयो भेटवार्ता

बिहिवार , बैशाख ३१, २०८३

एजेन्सी । विश्व राजनीतिका दुई प्रभावशाली नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उच्चस्तरीय भेटवार्ता आज बेइजिङस्थित 'ग्रेट हल अफ द पिपुल्स'मा सुरु भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भव्य स्वागत गरेका थिए । ‘ग्रेट हल अफ द पिपुल्स’ बाहिर आयोजित औपचारिक समारोहमा दुवै नेताले रातो कार्पेटमा हात मिलाउँदै संयुक्त तस्वीर खिचाएका थिए ।

स्वागत समारोहका क्रममा चिनियाँ जनमुक्ति सेनाले विशेष सम्मान सलामी अर्पण गरेको थियो । समारोहस्थल वरिपरि उपस्थित बालबालिकाहरूले अमेरिका र चीनका राष्ट्रिय झण्डा हल्लाउँदै दुवै नेताको स्वागत गरेका थिए । त्यसपछि ट्रम्प र सीले संयुक्त रूपमा चिनियाँ सैन्य टोलीको निरीक्षण गरेका थिए ।

दुई नेताबीच गत अक्टोबरमा दक्षिण कोरियामा भएको भेटपछि यो पहिलो प्रत्यक्ष वार्ता हो । त्यसबेला अमेरिका र चीनबीच व्यापार सहकार्यसम्बन्धी महत्वपूर्ण समझदारी बनेको थियो ।

आजको वार्तामा प्रविधि प्रतिस्पर्धा, व्यापार सन्तुलन, विश्व आपूर्ति श्रृंखला, कृत्रिम बुद्धिमत्ता, सुरक्षा रणनीति तथा इरानको पछिल्लो अवस्थाजस्ता संवेदनशील अन्तर्राष्ट्रिय मुद्दामा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प बुधबार राति बेइजिङ पुगेका हुन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077