Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चिनियाँ राष्ट्रपतिलाई ट्रम्पले भने - म तपाईंलाई महान् नेता भन्छु, तर आलोचना सहनुपर्छ

चिनियाँ राष्ट्रपतिलाई ट्रम्पले भने - म तपाईंलाई महान् नेता भन्छु, तर आलोचना सहनुपर्छ

बिहिवार , बैशाख ३१, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई “महान् नेता” को संज्ञा दिएका छन् ।

बेइजिङस्थित 'ग्रेट हल अफ द पिपुल्स'मा आयोजित विशेष स्वागत समारोहका क्रममा ट्रम्पले चिनियाँ आतिथ्यको खुलेर प्रशंसा गर्दै सीसँगको सम्बन्धलाई विश्व राजनीतिका लागि महत्वपूर्ण बताएका हुन् ।

ट्रम्पले सीलाई “एकदम राम्रो र महान् नेता” भन्दै प्रशंसा गरे । उनले हाँस्दै भने, “म तपाईंलाई महान् नेता भन्छु, तर त्यसो गर्दा कहिलेकाहीँ मलाई आलोचना पनि सहनुपर्छ ।”

औपचारिक समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सी जिनपिङले वर्तमान विश्व अनेक जटिल संकटबाट गुज्रिरहेको उल्लेख गर्दै शक्तिशाली राष्ट्रहरूबीचको सहकार्यले मात्रै स्थायित्व र समाधान दिन सक्ने बताए ।

'आज संसार विभिन्न जटिल समस्याले जेलिएको छ,' सीले भने, 'तर ठूला शक्तिहरूबीच विश्वास र सहकार्य कायम रहँदा ती चुनौती समाधान गर्न सकिन्छ । चीन र अमेरिकाले प्रतिस्पर्धाभन्दा सहकार्य रोज्न सक्छन् भन्ने सन्देश विश्वलाई दिन सक्छन् ।'

सीको सम्बोधनपछि प्रतिक्रिया दिएका राष्ट्रपति ट्रम्पले चिनियाँ स्वागत शैली, सैनिक सम्मान र कार्यक्रममा सहभागी बालबालिकाको उत्साहबाट आफू प्रभावित भएको बताए ।

'सेनाको प्रदर्शन उत्कृष्ट थियो, तर ती बालबालिका अद्भुत थिए,'ट्रम्पले भने, 'उनीहरूले चीनको आत्मा र भविष्यको प्रतिनिधित्व गर्छन् ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077