काठमाडौं । नेपाली कांग्रेसले पार्टी कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनीत गरेको छ ।
शुक्रबार पार्टी सभापति गगनकुमार थापाले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गरेका हुन् ।
श्रेष्ठ यसअघि पनि कांग्रेसको कोषाध्यक्ष रहेका थिए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि दोस्रोपटक सभापति बनेका शेरबहादुर देउवाले श्रेष्ठलाई नै कोषाध्यक्ष बनाएका थिए ।
विशेष महाधिवेशनबाट कांग्रेस नेतृत्वमा आएका सभापति थापाले पनि श्रेष्ठलाई नै कोषाध्यक्ष बनाएका हुन् ।
पूर्वराज्यमन्त्रीसमेत रहेका श्रेष्ठ व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै शिक्षा र कृषि क्षेत्रमा संलग्न हुँदै आएका छन्।
केही दिनअघि मात्रै सभापति थापाले श्रेष्ठसहितका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।