Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सानेपामा कांग्रेस सांसदलाई अभिमुखीकरण, समसामयिक राजनीतिक विषयमा छलफल

सानेपामा कांग्रेस सांसदलाई अभिमुखीकरण, समसामयिक राजनीतिक विषयमा छलफल

आइतवार , जेठ ३, २०८३

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना संघीय सांसदहरूलाई लक्षित गर्दै संसदीय अभिमुखीकरण तथा छलफल कार्यक्रम सञ्चालन गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस संसदीय मामिला सहजीकरण समितिले सांसदहरूसँग छलफल गरेको हो ।

उक्त कार्यक्रममा संसदीय मामिला सहजीकरण समितिले सांसदहरूसँग समसामयिक राजनीतिक परिस्थिति तथा संसदीय अभ्याससम्बन्धी विषयमा छलफल गरेको छ ।

पार्टी केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी को संयोजकत्वमा रहेको सहजीकरण समितिले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूलाई लक्षित गर्दै संसदीय जिम्मेवारी, प्रक्रियागत अभ्यास तथा वर्तमान राजनीतिक अवस्थाबारे जानकारी गराएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूको सहभागिता रहेको छ।  आज नेता गोविन्द पोखरेलले सहजीकरण गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077