Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधान संशोधनका विषयमा कांग्रेसद्धारा विज्ञ तथा जेनजीहरूसँग सुझाव संकलन

संविधान संशोधनका विषयमा कांग्रेसद्धारा विज्ञ तथा जेनजीहरूसँग सुझाव संकलन

आइतवार , जेठ ३, २०८३

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा विज्ञ तथा जेनजी प्रतिनिधिहरूसँग छलफल तथा सुझाव संकलन गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित छलफलमा संविधान संशोधनका सम्भावित विषयहरूबारे गम्भीर बहस भएको हो ।

छलफलका क्रममा कांग्रेस सभापति गगन थापाले सरकारले हरेक विषयमा एकतर्फी ढंगले अघि बढिरहेको अवस्थामा संविधान संशोधनका नाममा उपलब्ध उपलब्धि गुमाउने खालका प्रस्ताव आए कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पारे ।

उनले सुशासन प्रवर्द्धनका लागि संविधानमै धेरै सुधार आवश्यक रहेको उल्लेख गर्दै प्रदेश संरचनालाई अझ अधिकारसम्पन्न बनाउन नसक्दा व्यवस्था कमजोर बन्दै गएको धारणा राखे ।

साथै समावेशिता, सहभागिता र न्यायालयसँग सम्बन्धित विषयहरूमा पनि संविधानमा अझै धेरै सुधारको आवश्यकता रहेको बताए।

छलफलका क्रममा संविधानविद् प्रा.डा. कृष्ण खनालले संविधानका विषयमा सबै पक्षको साझा धारणा आवश्यक रहेको बताए। उनले प्रदेश र स्थानीय तहको निर्वाचनपछि संविधान संशोधनबारे अझ व्यापक छलफल हुने बताए।

उनले समानुपातिक प्रणालीलाई २० प्रतिशतभन्दा बढी राख्न नहुने सुझाव दिँदै प्रतिनिधिसभा सदस्य संख्या ११० भन्दा तल झार्नुपर्ने धारणा राखे । साथै संवैधानिक परिषद्लाई “बेकामे” बनेको भन्दै खारेज गर्नुपर्ने तर्क गरे।

उनका अनुसार संवैधानिक परिषद्ले नियुक्ति प्रक्रियालाई प्रभावकारी बनाउन नसकेको र यसलाई पुनःसंरचना गर्नुपर्ने आवश्यकता रहेको छ।

छलफलमा जेनजी अगुवा मजित अन्सारीले संविधानका अनुसूचीहरूकै कारण प्रदेश संरचना कमजोर बनेको टिप्पणी गरे। उनले संविधानमा धेरै विषय स्पष्ट नभएकाले कार्यान्वयनमा समस्या आएको भन्दै संशोधनमार्फत सुधार गर्नुपर्ने सुझाव दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077