Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एमालेमा ६ सदस्यीय केन्द्रीय कार्यालय कमिटी प्रस्ताव

एमालेमा ६ सदस्यीय केन्द्रीय कार्यालय कमिटी प्रस्ताव

बिहिवार , जेठ ७, २०८३

काठमाडौं । नेकपा एमालेले पार्टीको संगठनात्मक संरचनालाई थप सक्रिय र व्यवस्थित बनाउन महासचिवको नेतृत्वमा ६ सदस्यीय केन्द्रीय कार्यालय कमिटी गठन गर्ने तयारी गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली ले पार्टी केन्द्रीय सचिवालय बैठकमा उक्त कमिटी गठनसम्बन्धी प्रस्ताव पेश गरेका हुन्।

एमाले विधानअनुसार महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय कमिटी गठन गर्ने व्यवस्था रहेको छ।

प्रस्तावअनुसार महासचिव शंकर पोखरेल को नेतृत्वमा रहने कमिटीमा संगठन विभाग प्रमुख भानुभक्त ढकाल, राजधानी विशेष प्रदेश इन्चार्ज राजन भट्टराई, प्रचार विभाग प्रमुख सूर्य पाठक, कोष तथा वित्त विभाग प्रमुख भीष्म अधिकारी र निर्वाचन विभाग प्रमुख निरज आचार्य सदस्य रहने प्रस्ताव गरिएको छ।

एमालेले पार्टीको दैनिक प्रशासन, संगठन व्यवस्थापन, प्रचार समन्वय र निर्वाचन तयारीलाई प्रभावकारी बनाउन कार्यालय कमिटीलाई सक्रिय बनाउने रणनीति लिएको बुझिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077