Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री छिट्टै संसदमा आउने दाबी गर्दै रवि भन्छन् - मलाई कुनै दबाब छैन

प्रधानमन्त्री छिट्टै संसदमा आउने दाबी गर्दै रवि भन्छन् - मलाई कुनै दबाब छैन

बिहिवार , जेठ ७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री छिट्टै प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने बताएका छन्।

बिहीबार संसद भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीको संसद आगमनबारे सकारात्मक संकेत दिँदै छिट्टै आधिकारिक जानकारी आउने पनि बताए।

सञ्चारकर्मीले प्रधानमन्त्री संसदमा आउँदा दबाब बढेको हो कि भन्ने प्रश्न सोध्दा सभापति लामिछानेले आफूलाई कुनै दबाब नरहेको स्पष्ट पारे। उनले भने, “मलाई कुनै दबाब छैन।”

तर उनले सरकारप्रति जनताको अपेक्षा उच्च रहेको उल्लेख गर्दै जनअपेक्षाअनुसार काम गर्नुपर्ने जिम्मेवारी भने सबै राजनीतिक दल र सरकारमाथि रहेको बताए।

यसैबीच उनले आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशनको तयारीमा रहेको जानकारी दिँदै महाधिवेशनमार्फत पार्टीलाई संगठनात्मक रूपमा अझ सुदृढ र व्यवस्थित रूपमा अघि बढाइने बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077