Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेश सांसदसँग रवि लामिछानेको छलफल आज, कोसी र मधेसमा केन्द्रित रहने

प्रदेश सांसदसँग रवि लामिछानेको छलफल आज, कोसी र मधेसमा केन्द्रित रहने

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज कोसी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्दैछन् ।

काठमाडौंमा उपलब्ध कोसी र मधेस प्रदेशका सांसदहरूसँग सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल तय गरिएको हो ।

छलफलमा प्रदेशको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार, जनअपेक्षा, सरकारप्रतिको धारणा तथा पार्टीको आगामी रणनीतिबारे सांसदहरूको सुझाव संकलन गरिने बताइएको छ।

रास्वपाका प्रवक्ता मनिष झा का अनुसार सांसदहरूबाट प्राप्त सल्लाह–सुझावका आधारमा सभापति लामिछानेले प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका हुन्। उनले बाँकी प्रदेशका सांसदहरूसँग पनि क्रमशः छलफल गरिने जानकारी दिए।

निर्धारित कार्यतालिका अनुसार कोसी प्रदेशका सांसदसँग बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म छलफल हुनेछ भने मधेस प्रदेशका सांसदसँग दिउँसो साढे १ बजेदेखि साढे ३ बजेसम्म संवाद कार्यक्रम राखिएको छ।

पछिल्लो समय पार्टीभित्र रणनीतिक पुनर्संरचना, संगठन सुदृढीकरण र राजनीतिक सक्रियता बढाउने तयारी भइरहेका बेला लामिछानेले प्रदेश सांसदहरूसँग प्रत्यक्ष संवाद थालेका हुन्।

रास्वपाले यसलाई ‘पार्टीलाई थप प्रभावकारी र जनमुखी बनाउने अभियान’ का रूपमा प्रस्तुत गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077