Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

उपचार खर्चको विवादित रकम एमालेद्वारा फिर्ता, राज्य कोषमा जम्मा भयो झण्डै चार करोड

उपचार खर्चको विवादित रकम एमालेद्वारा फिर्ता, राज्य कोषमा जम्मा भयो झण्डै चार करोड

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । नेकपा एमालेले आफ्ना शीर्ष नेताहरूको वैदेशिक उपचारका नाममा राज्य कोषबाट लिएको झण्डै चार करोड रुपैयाँ सरकारको राजस्व खातामा फिर्ता गरेको छ ।

जनस्वास्थ्य ऐनविपरीत सरकारी ढुकुटीको रकम प्रयोग गरिएको विषयमा अनुसन्धान तीव्र बनेका बेला एमालेले उक्त रकम फिर्ता गरेको हो ।

अख्तियार र अर्थ मन्त्रालय स्रोतका अनुसार पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली को कार्यकालमा उपचार खर्च शीर्षकमा निकासा गरिएको कुल तीन करोड ९० लाख रुपैयाँ राज्य कोषमा दाखिला गरिएको छ।

उक्त रकममध्ये ओलीको उपचारमा खर्च भएको दुई करोड ३९ लाख रुपैयाँ, पूर्वप्रधानमन्त्री झलनाथ खनाल को उपचारमा खर्च भएको ८१ लाख रुपैयाँ तथा पूर्वराष्ट्रपति रामवरण यादव को उपचारमा खर्च भएको ७० लाख रुपैयाँ समावेश रहेको जनाइएको छ।

स्रोतका अनुसार उपचार खर्चबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले जनस्वास्थ्य ऐन–२०७५ को व्यवस्थाविपरीत सरकारी रकम प्रयोग गरिएको विषयमा अनुसन्धान अन्तिम चरणमा पुर्‍याइरहेका बेला एमालेले रकम फिर्ता गरेको हो।

तत्कालीन सरकारले विशिष्ट व्यक्तिहरूको विदेश उपचारमा राज्य कोष प्रयोग गरेको विषय लामो समयदेखि विवादमा थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077