Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इरानलाई उच्च सम्वद्र्धित युरेनियम राख्न नदिने ट्रम्पको चेतावनी

इरानलाई उच्च सम्वद्र्धित युरेनियम राख्न नदिने ट्रम्पको चेतावनी

शुक्रवार , जेठ ८, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने अन्तर्राष्ट्रिय जहाजहरूमा कुनै पनि प्रकारको शुल्क लगाउने कदमको अमेरिकाले कडा विरोध गर्ने बताएका छन् ।

साथै उनले इरान लाई कुनै पनि अवस्थामा अत्यधिक सम्वद्र्धित युरेनियम राख्न अनुमति नदिइने स्पष्ट चेतावनी दिएका छन्।

ह्वाइट हाउसमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले होर्मुज जलमार्गलाई अन्तर्राष्ट्रिय समुद्री मार्गको रूपमा व्याख्या गर्दै त्यहाँ शुल्क लगाउने प्रयास अस्वीकार्य हुने बताएका हुन्।

'यो एउटा अन्तर्राष्ट्रिय जलमार्ग हो, त्यसमा शुल्क लगाउनु उचित होइन,' ट्रम्पले भने, 'अहिलेसम्म यस मार्ग प्रयोग गरेबापत कुनै शुल्क लिइएको छैन।'

विश्व व्यापार तथा ऊर्जा आपूर्तिको दृष्टिले अत्यन्त संवेदनशील मानिने अन्तर्राष्ट्रिय जलमार्गबाट दैनिक ठूलो परिमाणमा तेल तथा ग्यास ढुवानी हुने गर्दछ। मध्यपूर्वमा तनाव बढिरहेका बेला ट्रम्पको अभिव्यक्तिलाई रणनीतिक सन्देशका रूपमा हेरिएको छ।

ट्रम्पले जहाज आवतजावत तथा समुद्री गतिविधिमाथि लगाइएका विभिन्न प्रतिबन्धका कारण इरानले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको दाबी पनि गरे। उनले इरानमाथि आर्थिक तथा सुरक्षा दबाब अझै कायम रहने संकेत दिएका छन्।

इरानको आणविक कार्यक्रमबारे सोधिएको प्रश्नमा ट्रम्प झन् कडा रूपमा प्रस्तुत भए। उनले इरानलाई उच्च सम्वद्र्धित युरेनियम राख्न नदिइने स्पष्ट पार्दै अमेरिकाले आवश्यक परे उक्त सामग्री नियन्त्रणमा लिएर नष्ट गर्ने बताएका छन्।

'इरानलाई त्यो राख्ने अनुमति कदापि दिइने छैन,' ट्रम्पले भने, 'त्यो युरेनियम अमेरिकाले नियन्त्रणमा लिएर नष्ट गर्नेछ।'

अमेरिका र इरान बीच आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा र समुद्री मार्गको नियन्त्रणलाई लिएर लामो समयदेखि तनाव जारी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077