Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ह्वाइट हाउसनजिकै फेरि चल्यो गोली, ट्रम्प थिए भित्रै !

ह्वाइट हाउसनजिकै फेरि चल्यो गोली, ट्रम्प थिए भित्रै !

आइतवार , जेठ १०, २०८३

एजेन्सी । अमेरिकाको राजधानी वासिङटन डीसीस्थित ह्वाइट हाउसनजिक शनिबार गोली चलेको छ । घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेको जनाइएको छ ।

समाचार एजेन्सी एपीका अनुसार ह्वाइट हाउसमा रहेका पत्रकारहरूले अचानक लगातार गोली चलेको आवाज सुनेपछि भागदौड मच्चिएको थियो।

त्यसलगत्तै अमेरिकी गुप्तचर सेवाले पत्रकारहरूलाई प्रेस ब्रिफिङ कक्षभित्रै बस्न निर्देशन दिएको थियो भने बाहिर निस्कन पूर्ण रोक लगाइएको थियो।

घटनापछि एफबीआई, गुप्त सेवा र अन्य सुरक्षा एजेन्सीले घटनास्थललाई तत्काल घेराबन्दी गर्दै अनुसन्धान सुरु गरेका छन्। ह्वाइट हाउस परिसरको उत्तरी ल्यान खाली गराइएको छ।

प्रारम्भिक विवरणअनुसार गुप्तचर सेवाले ह्वाइट हाउसनजिकै एक संदिग्ध व्यक्तिमाथि गोली चलाएको जनाएको छ। उक्त घटनामा एक यात्रु पनि गोली लागेर घाइते भएका छन्। दुवै जनाको अवस्था गम्भीर रहेको अमेरिकी सञ्चारमाध्यमहरूले बताएका छन्।

यसअघि एक महिनाअघि पनि वासिङटन डीसीमा आयोजित वार्षिक ह्वाइट हाउस संवाददाता रात्रिभोज कार्यक्रममा गोली चलेको थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077