Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारत भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामिछाने

भारत भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामिछाने

आइतवार , जेठ १०, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन्। 

भारतको विदेश मन्त्रालयको निमन्त्रणमा लामिछाने यही जेठ १९ गते नयाँ दिल्ली जान लागेका हुन् ।

भ्रमणको क्रममा लामिछानेसँग भारतीय विदशेमन्त्री एस जयशंकर र अन्य मन्त्रीहरू, विदेश सचिव विक्रम मिश्रीसहित उच्च अधिकारीहरूसँग भेट तय भएको रास्वपाका नेताहरूले बताएका छन्। 

लामिछानेको यो भ्रमण पार्टीगत भएकाले उनलाई भारतको सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालयमा स्वागत गर्ने तयारी छ। जहाँ उनले भाजपाका अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्नेछन्। 

जुन १-२ (जेठ १८-१९) मा हुने भ्रमणको क्रममा लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसबीच भेट हुन सक्ने आकलन गरिएको छ।  यद्यपी अहिलेसम्म यो उच्च भेट निश्चित भइसकेको छैन। 

निर्वाचनपछि दुई तिहाइ बुहमतसहित सरकार बनाएपछि रास्वपा सभापति लामिछानेको पहिलो भारत भ्रमणलाई चासोका साथ हेरिएको छ। 

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भइरहेका बेला सभापति लामिछाने दिल्ली जान लागेका हुन्।

भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो दिएको थियो ।

तर, अहिलेसम्म प्रधानमन्त्रीको भारत भ्रमण तय भइसकेको छैन ।

प्रधानमन्त्री शाहसँग भेट नहुने भएपछि भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित भएको थियो। 

शाहको भारत भ्रमणकै ताकेताका लागि मोदीले विदेश सचिवलाई नेपाल पठाउन खोजेका थिए । 

यता परराष्ट्रमन्त्री शिशिर खनाल जेठ १७ गते भारत जाने तयारी थियो। तर नयाँ दिल्लीमा जेठ १८ र १९ गते हुन लागेको ‘बिग क्याट अलायन्स समिट’ रोकिएपछि मन्त्रीको भ्रमण स्थगित भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077