Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसमा उम्मेदवार बन्न अब ‘लिडरसिप एकेडेमी’ अनिवार्य

कांग्रेसमा उम्मेदवार बन्न अब ‘लिडरसिप एकेडेमी’ अनिवार्य

शनिवार , जेठ १६, २०८३

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रियामा ठूलो सुधारको घोषणा गरेको छ।

अब स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्न चाहनेले ‘लिडरसिप एकेडेमी कोर्स’ अनिवार्य रूपमा पूरा गर्नुपर्नेव्यवस्था गरिने भएको छ।

नेपाल थारू संघको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै कांग्रेस सभापति गगन थापाले पार्टीले नेतृत्व विकास र उम्मेदवार छनोटलाई व्यवस्थित बनाउन ‘लिडरसिप एकेडेमी’ स्थापना गरेको जानकारी दिए।

उनका अनुसार ७५३ वटै स्थानीय तहमा निर्वाचन लड्न चाहने पुराना वा नयाँ सबै आकांक्षीले एकेडेमीमा भर्ना भएर निर्धारित कोर्स पूरा गरेपछि मात्रै पार्टीबाट टिकट पाउनेछन्।

“७५३ पालिकामा निर्वाचन लड्न चाहने, दोहोरिन चाहने वा नयाँ उम्मेदवार बन्न चाहने जो कोही पनि अनिवार्य रूपमा लिडरसिप एकेडेमीमा भर्ना हुनुपर्छ र कोर्स पूरा गर्नुपर्छ,” थापाले भने।

कांग्रेसले यससँगै महिला राजनीतिक नेतृत्वलाई सशक्त बनाउने महत्वाकांक्षी लक्ष्य पनि सार्वजनिक गरेको छ। आगामी स्थानीय निर्वाचनमा कम्तीमा १०० पालिकामा महिला मेयर वा गाउँपालिका अध्यक्ष उम्मेदवार उठाउने लक्ष्य पार्टीले लिएको थापाले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077