Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा महाधिवेशनका लागि सभापति लामिछानेको अध्यक्षतामा मूल आयोजक समिति गठन

रास्वपा महाधिवेशनका लागि सभापति लामिछानेको अध्यक्षतामा मूल आयोजक समिति गठन

सोमवार , जेठ १८, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशन आयोजना गर्न पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । 

मूल आयोजक समितिमा डा. स्वर्णिम वाग्ले, कवीन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिनकुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली,सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली र सागर ढकाल रहेका छन् । 

समितिमा सबै केन्द्रीय समितिको सदस्य र प्रदेश सभापतिहरूलाई पनि राखिएको छ । 

यस्तै, मूल आयोजक समितिअन्तर्गतका प्रस्तावित उपसमितिहरूमा कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति, गुनासो व्यवस्थापन उपसमिति, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा, आर्थिक व्यवस्थापन, महाधिवेशन प्रतिनिधि व्यवस्थापन, कानुनी समन्वय उपसमिति, प्रचार प्रसार तथा सञ्चार समन्वय, सुरक्षा तथा स्वयंसेवक परिचालन, सूचना प्रविधि, आवास तथा भोजन व्यवस्थापन, अतिथि सत्कार, हल तथा मञ्च व्यवस्थापन, स्वास्थ्य सेवा, सांस्कृतिक कार्यक्रम, यातायात व्यवस्थापन, स्थानीय समन्वय सहकार्य, अभिलेखीकरण तथा दस्तावेजीकरण र अनुशासन उपसमिति रहेका छन् । 

रास्वपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077