Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै

सोमवार , जेठ १८, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बस्ने भएको छ । 

बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बस्न लागेको हो ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई बोलाइएको छ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिबारे छलफल हुने बताइएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले भारत तर्फबाट नभइ नेपालको तर्फबाट पनि सीमा मिचिएकाले कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

यस्तो अभिव्यक्तिका साथ उनले अब दुइटै देशले अध्ययन गरेर र छलफलमा बसेर एउटा साथीको रूपमा समस्या समाधान गर्ने सोच राखेको बताएका थिए ।

प्रधानमन्त्री शाहको उक्त विवादित अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले संसदीय अखिलेखबाटै हटाउन माग गरेका छन् ।

साथै संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने तथा विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन प्रतिपक्षी दलहरूबीच छलफल हुन लागेको कांग्रेसले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077