Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • परमाणु मारक क्षमता बढाउँदै उत्तर कोरिया

    परमाणु मारक क्षमता बढाउँदै उत्तर कोरिया

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनलाई चेतावनी दिन अमेरिकी परमाणु परीक्षण बारे बैठक आयोजना गरेको समाचार बाहिरिएपछि उत्तर कोरियाले पनि परमाणु मारक क्षमता बढाउने भन्दै बैठक आयोजना गररेको समाचार बाहिरिएको छ ।

    अमेरिकी परमाणु परीक्षण बैठक बारे शुक्रबार वाशिंगटन पोस्टमा प्रकाशित भएको थियो । त्यसलगत्तै सरकारी समाचार एजेन्सी केसीएनएले आज उत्तर कोरियाली परमाणु क्षमता बृद्धि गर्ने विषय केन्द्रित समाचार सार्वजनिक गरेको हो ।



    समाचारमा जनाइए अनुसार उत्तर कोरियाली सर्वोच्च नेता किम जोंङ उनको नेतृत्वमा उच्च सैन्य आयोगको बैठक सम्पन्न भएको छ ।



    बैठकमा परमाणु युद्ध निरोध र परमाणु मारक क्षमता बढाउने, उत्तर कोरियाली जनसेनाको आर्टीलरी मारक क्षमता बढाउने, सशस्त्र फौजको निर्माण र विकास गर्ने तथा सशस्त्र फौजलाई एक हाई अलर्ट अपरेशनका लागि तम्तयार राख्ने लगायतका विषयमा गहन छलफल भएको बताइएको छ ।

    यसअघि परमाणु हतियार राख्न र परीक्षण प्रयोजनका लागि उत्तर कोरियाले विशाल गोदाम निर्माण गरिरहेको समाचार आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार