Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कोरोना अपडेट :

    कुन जिल्लामा कति संक्रमित र कति घर फर्किए ? (डाटासहित)

    कुन जिल्लामा कति संक्रमित र कति घर फर्किए ? (डाटासहित)

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 4.5K
    SHARES

    काठमाडौं । भारतबाट स्वदेश भित्रिनेको संख्या बढेसँगै नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

    हिजो (बुधबार) मात्रै ११५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



    यो सहित नेपालमा कुल संक्रमितको संख्या ९०२ पुगेको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार देशका विभिन्न जिल्लामा गरी १२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । एकैपटक यतिधेरै संख्यामा नेपालमा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो ।

    संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन् भने चार जनाको मृत्यु भइसकेको छ ।

    संक्रमितमध्ये ८ सय ५ पुरुष र ९७ जना महिला छन् । प्रदेश १ मा १ सय ३, प्रदेश २ मा ३ सय २४, बागमतिमा ४०, गण्डकीमा १३, प्रदेश ५ मा ३ सय ६५, कर्णालीमा ४० र सुदूरपश्चिम प्रदेशमा १७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालका ७७ वटा जिल्लामध्ये हालसम्म ४८ वटा जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
    जसमध्ये बाँकेमा सबैभन्दा बढि १५४ जनामा संक्रमण फैलिएको छ भने २३ जना निको भएर घर फर्केका छन् । १ जनाको भने कोरोनाकै कारण निधन भएको छ ।

    हालसम्म पर्सामा सबैभन्दा बढि ८८ जना निको भएर घर फर्केका छन् । पर्सामा संक्रमित हुनेको संख्या भने ९४ रहेको छ ।

    त्यसैगरी कपिलवस्तुमा १०९, रौतहटमा १०६, झापामा ५२, बारामा ४६, रुपन्देहीमा ४४, सर्लाहीमा ३५, उदयपुरमा ३३, सुर्खेतमा २९, दाङमा २०, काठमाडौंमा १६, धनुषा र सप्तरीमा १५/१५ तथा बाग्लुङ, दैलेख, सिरहा र कैलालीमा ८/८ जना संक्रमित भएका छन् ।

    निको भएर घर फर्कनेहरुमा उदयपुरमा २७, कपिलवस्तुका ११, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३, झापा, बारा, सर्लाही, धनुषा र बाग्लुङमा २/२ जना तथा रुपन्देहीमा र दाङमा १/१ जना निको भएर घर फर्केका छन् । बारामा १ जनाको भने निधन भइसकेको छ ।

    त्यस्तै संक्रमित हुनेहरुमा बर्दिया र धनकुटामा ७/७, चितवन र मोरङमा ६/६, बैतडी, महोत्तरी र नवलपरासी पश्चिम)मा ५/५, गुल्मी, मकवानपुर र भक्तपुरमा ४/४, धादिङ, नवलपरासी (पूर्व), रुकुम र सुनसरीमा ३/३, अछाम, अर्घाखाँची, जुम्ला र स्याङ्जामा २/२ जना संक्रमित भएका छन् ।

    यीमध्ये बर्दिया, चितवन, धादिङ र भक्तपुरका २/२ जना निको भइसकेका छन् भने गुल्मी र ललितपुरमा १/१ जनाको निधन भएको छ ।

    १/१ जनामात्र संक्रमित देखिएको भोजपुर र कञ्चनपुरका दुबै जना निको भइसकेका छन् ।

    त्यसैगरी काभ्रेपलाञ्चोक, खोटाङ, लमजुङ, नुवाकोट, रामेछाप, सिन्धुली, बझाङ र सिन्धुपाल्चोकमा १/१ जना संक्रमति देखिएका छन् भने यीमध्ये सिन्धुपाल्चोकका १ जनाको निधन भइसकेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाको आशंकामा नेपालमा हालसम्म १ लाख ५८ हजा ५ सय ६४ जनाको कोरोना परीक्षण भएको छ । ५८ हजार २ सय ७८ जनाको पिसिआर र १ लाख २ सय ८७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयले जनाएकाे छ ।

    मुलुकभर हाल ६ सय ९९ जना अस्पतालको आईसोलेसनमा छन् भने ७० हजार ३ सय ५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । कोरोनाको संक्रमणबाट हाल ४७ जिल्ला प्रभावित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार