Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • १ जना कोरोना संक्रमितको विवरण किन लुकायो स्वास्थ्य मन्त्रालयले ?

    १ जना कोरोना संक्रमितको विवरण किन लुकायो स्वास्थ्य मन्त्रालयले ?

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमार्फत नेपालमा थप १७० जनामा कोरोना (कोभिड–१९) पुष्टि भएको जानकारी गरायो । जसमध्ये १६५ जना पुरुष र ५ जना महिला रहेका छन् ।

    यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ । तिमध्ये १ हजार १०३ जना पुरुष र १०९ जना महिला रहेका छन् ।



    पत्रकार सम्मेलनमा कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणण २७ जना, धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ५ जना, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ जना, गण्डकी अस्पतालमा गरिएको परीक्षणमा १ जना, भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा कोरोना पुष्टी भएको जानकारी दिइयो । ्



    त्यसैगरी भरतपुर अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जना, रुपन्देही प्रदेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोशालामा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टी भएको जानकारी गराइयो ।

    नियमित पत्रकार सम्मेलनमार्फत स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या बढ्दै गएको अवस्थामा स्थायी ठेगाना र हाल रहेको स्थानको बारेमा पत्ता लगाउनु पर्ने हुँदा निश्चित समयमा मात्र रिपोटिङ गर्ने निर्णय गरेको जानकारी गराए ।

    आम सञ्चारमाध्यमहरुले पनि संक्रमितको संख्या भन्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार स्थायी ठेगाना र हालको अवस्थाको बारेमा उल्लेख गर्न आग्रह गरे ।

    तर, उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा कोरोना पुष्टी भएको जानकारी गराए पनि ८३ जनाको मात्र विवरण उल्लेख गरे ।

    बाँकी १ जनाको विवरण भने जानकारी नै गराइएन । भुलवस १ जनाको विवरण छुट्न गएको हो वा लुकाइएको हो, त्यो भने स्वास्थ्य मन्त्रालयले जारी गर्ने प्रेस विज्ञप्तिबाट नै प्रष्ट हुनेछ ।

    पत्रकार सम्मेलनमा ८४ जनामध्ये कपिवस्तु एशोधरा कृष्णनगरका ७ वर्षिय बालकसहित २३ जना, रौतहट राजपुरको जनता माविको क्वारेन्टाइमा रहेका ५६ जना र सर्लाही मलंगवाका ४ जना उल्लेख गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार