काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा शनिबार प्रवक्ता डा विकास देवकोटाले धनगढी ४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि गरेका हुन् ।
मिर्गौला रोगबाट पीडित ति महिलाको जेठ २३ गते दिउसो सेती अस्पतालमा डायलसिस गराउने क्रममा मृत्यु भएको थियो । तर, उनको रिपोर्ट भने शनिबार मात्र आएको हो ।
यसअघि डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको थियो । २० गते नै मृत्यु भएका उनको आज मात्र रिपोर्ट आएको हो ।
Leave a Reply