Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, २९ जेष्ठ २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । स्वदेश फर्किने क्रममा बुधबार बिहान भारतको सुनौलीमा मृत्यु भएका नेपाली युवकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

    नवलपरासीको सुस्ता गाउँपालिकास्थित कुडिया (साविक कुडिया गाविस–८) का ३५ वर्षीय पुरुषको हिजो (बुधबार) बिहान दशगजा सिमाना नजिकै बसिरहेको बेला मृत्यु भएको थियो ।



    उनले भारतको मुम्बइमा रोजगारी गर्दै आएको खुलेको छ । उनको मृत्युपश्चात् भारतीय स्वास्थ्यकर्मीद्वारा गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजिटिभ आएको भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले जनाएका छन् ।



    मृतकको अन्त्येष्टि भारततर्फ नै गरिने भएको छ । यस अघि नेपालमा कोरोनाका कारण १५ जनाको मृत्यु भइसकेको छ । तिमध्ये अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ चरेपानीका ३५ वर्षीय पुरूषको भने जेठ १० गते सिमा पारी (भारततर्फ) नै मृत्यु भएको थियो ।

    सिमापारी नै मृत्यु भएका व्यक्तिलाई पनि नेपालकै मृतकको संख्यामा उल्लेख गरिएकाले यो घटनापछि कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

    तर, हामीले यो समाचार तयार पार्दासम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने औपचारिक रुपमा कोरोनाका कारण थप एक नेपालीको मृत्यु भनेर औपचारीक घोषणा गरेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार