Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बिदेशबाट फर्केर आउनेका कारण कोरोना संक्रमणको जोखिम बढ्यो

    बिदेशबाट फर्केर आउनेका कारण कोरोना संक्रमणको जोखिम बढ्यो

    अनलाइन नेपाल
  • आइतबार, ७ असार २०७७
  • 2.8K
    SHARES

    भक्तपुर। बिदेशबाट फर्केर आउनेका कारण कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ ।

    कुबेतबाट फर्किएर भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा रहेका सात महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा शनिबार भक्तपुर भनेर जानकारी दिइए पनि संक्रमित भक्तपुरका स्थायी बासिन्दा नभई क्वारेन्टिनमा बसेका महिला रहेको खुलेको छ ।



    संक्रमण पुष्टि भएका मोरङका ४२ र ४१ वर्षीया, कास्कीका २३ वर्षीया, नवलपरासीका २९ वर्षीया, झापाका २८ वर्षीया, बाराका २८ वर्षीया, सुर्खेतका २८ वर्षीया महिला रहेका छन् । शरीरको तापक्रम बढी देखिएपछि कुवेतबाट नेपाल फर्किएकामध्ये प्रदेश नं १ र २ का १०९ जनालाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा नराखी खरिपाटीस्थित क्वारेन्टिनमा राखिएको थियो । यसअघि गत बिहीबार खरिपाटी क्वारेन्टिनमा रहेका नवलपुर गैँडाकोट निवासी २२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ रहेका सबैको सोही दिन स्वाब सङ्कलन गरिएको थियो ।

    गत बिहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएका भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका प्रहरीको परिवारका सबै सदस्यको स्वाब परीक्षणमा कोरोना नेगेटिभ रिेपोर्ट आएको छ । संक्रमित  प्रहरीको सम्पर्कमा रहेका ३० प्रहरी कर्मचारीमध्ये २१ जनाको रिपोर्ट पनि कोरोना नेगेटिभ आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार