Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सामुहिक बलात्कार आरोपमा २ युवक पक्राउ

    सामुहिक बलात्कार आरोपमा २ युवक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 3.1K
    SHARES

    विराटनगर । सामूहिक बलात्कार आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय उर्लाबारीले १७ वर्षकी किशोरीमाथि भएको सामूहिक बलात्कार आरोपमा उर्लाबारी नगरपालिका– ५ का ३० वर्षका प्रदीप खतिवडा र २१ वर्षका भेषराज आचार्यलाई पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार २७ फगुनमा दिउँसो करिब ३ बजे किशोरी घरमा एक्लै भएको अवस्थामा छिमेकी दुई युवकले बलात्कार गरेका हुन् । मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार किशोरी गर्भवती भएपछि घटना बाहिर आएको हो ।



    किशोरीलाई घटना कसैलाई सुनाए मार्ने धम्की दिएका कारण करिब चार महिना घटना बाहिर आएको थिएन । तर किशारी गर्भवती रहेको खुलेपछि आफन्त सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिन गएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार