Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सशस्त्र महानिरीक्षक खनालद्वारा आइजीपी क्षेत्रीलाई बधाई

    सशस्त्र महानिरीक्षक खनालद्वारा आइजीपी क्षेत्रीलाई बधाई

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

    सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रहरी महानिरीक्षक क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति भएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई दिएका हुन् ।



    भेटघाटमा सशस्त्र प्रहरी महानिरीक्षक खनाल र प्रहरी महानिरीक्षक थापा क्षेत्री बीच दुबै संगठन बीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार