Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काेराेना संक्रमणबाट ४ वर्षकी बालिकासहित ७ जनाको मृत्यु, मृतककाे संख्या २२८ पुग्याे

    काेराेना संक्रमणबाट ४ वर्षकी बालिकासहित ७ जनाको मृत्यु, मृतककाे संख्या २२८ पुग्याे

    अनलाइन नेपाल
  • सोमबार, १५ भाद्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपालमा साेमबार थप ७ जनाको काेराेना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २२८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    मृत्यु हुनेमा ४ वर्षकी बालिकासहि ३ जना महिला, ४ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला र रुपन्देहीकी ६८ वर्षीया महिला रहेकी छिन् ।



    त्यस्तै मृत्यु हुने पुरुषहरुमा झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुष रहेका छन् ।



    काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौंमा १९० जना, ललितपुरमा ६७ जना र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार