Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ललितपुरमा भोलि कर्फ्यू, विहान ४ बजेदेखि राति १० बजेसम्म घरबाट निस्कन नपाइने

    ललितपुरमा भोलि कर्फ्यू, विहान ४ बजेदेखि राति १० बजेसम्म घरबाट निस्कन नपाइने

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । रथयात्रामा तनाब बढेको घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।

    रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको महानगरिय प्रहरी परिसर  ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।



    कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो ।



    प्रहरीले आज ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट गरेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ  । रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार