Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुशान्त आत्महत्या: रियालाई थप १४ दिन हिरासतमा राख्न अनुमति

    सुशान्त आत्महत्या: रियालाई थप १४ दिन हिरासतमा राख्न अनुमति

    अनलाइन नेपाल
  • मंगलबार, २० असोज २०७७
  • 3.2K
    SHARES

    एजेन्सी। बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या केसमा जोडिएकी  प्रेमिका रिया चक्रवर्तीलाई थप १४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

    भारतीय मिडियाका अनुसार लागुऔषध मुद्दामा रिया चक्रवर्तीलाई थप १४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।



    नार्कोटिक्स कन्ट्रोल ब्यूरो ( एनसीबीले )को अनुसन्धान नसकिएपछि  रिया र उनका भाइ शोविकलाई हिरासतमा राख्न मुम्बई सेसन कोर्टबाट तेस्रोपटक म्याद थप भएको हो।



    अब रिया र शोविक अक्टोबर २० सम्म  हिरासतमा रहनेछन्। एनसीबीले ९ सेप्टेम्बरमा २८ वर्षीय रियालाई लाई पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार