Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले भने-बुढीगण्डकीको बिषयमा बाबुरामले गैरजिम्मेवार अभिव्यक्ति दिएर भ्रम छरे

    प्रधानमन्त्री ओलीले भने-बुढीगण्डकीको बिषयमा बाबुरामले गैरजिम्मेवार अभिव्यक्ति दिएर भ्रम छरे

    अनलाइन नेपाल
  • शुक्रबार, ३० असोज २०७७
  • 2.5K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशले सुम्पेको हरेक जिम्वेवारी नेपाल प्रहरीले बहन गर्दै आएको वताएका छन्।

    ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित  कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सीमित स्रोत साधनका बाबजुद पनि प्रहरीले शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भुमिका निभाएको उल्लेख गरे।



    प्रधानमन्त्री ओलीले अपराधले भौगोलिक सीमाका पर्खाललाई तोडेको उल्लेख गर्दै नेपाल प्रहरी चनाखो हुनुपर्ने उल्लेख गरे। प्रधानमन्त्री ओलीले बिधीको सीमाभित्र रहेर बिधीको पालना गर्न प्रहरीलाई सुझाब दिए।



    अहिले संबिधान बिपरितका कामहरु हुन थालेको भन्दै प्रधानमन्त्री ओलीले आन्तरिक रुपमा भएका अतिबादी कामलाई नियन्त्रण गर्न जरुरी रहेको वताए।

    उनले एसिड आक्रमण र बलात्कारका घटना जस्ता मानवताबिरोधी अपराधलाई नियन्त्रण गर्न अझ कडा कानुन बनाइने वताए। उनले पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनाका बिषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएर जनमानसमा भ्रम छरेको भन्दै आपत्ति जनाए।

    प्रधानमन्त्री ओलीले निर्णय नै नभएको र कसले बनाउछ भनेर टुंगो नै नभएको आयोजनामा यति अर्ब बाडेर खाए भनेर भन्नु गैरजिम्मेवार कुरा रहेको वताए ।

    पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनामा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र शेरबहादुर देउवाले ९ अर्ब खाएको र त्यसको प्रमाण आफुसँग रहेको दाबी गर्दै आएका छन् ।

    प्रधानमन्त्री ओलीले नेपाल सरकारले  लिएको भ्रष्टाचारमा सुन्य सहनशिलता नीतिलाई अबलम्बन गर्दै आएको वताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार