कैलाली । प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
२५ ग्राम ४०० मिलीग्राम लागुऔषध खैरो हेरोइनसहित घुइँयाघाटका रामनिवास रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
उनलाई धनगढी उपमहानगरपालिका–१० घुइँयाघाटबाट शङ्कास्पदरूपमा हिँडडुल गरिरहेको अवस्थामा पक्राउ गरिएकाे हाे ।
पक्राउ परेका रानालाई लागुऔषध खैरो होरोइन शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।
Leave a Reply