Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • फरार प्रतिवादी १६ बर्षपछि पक्राउ

    फरार प्रतिवादी १६ बर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ मंसिर २०७७
  • 2.6K
    SHARES

    काठमाडाैँ । एक फरार प्रतिवादी १६ बर्षपछि पक्राउ परेकाे छ।

    पक्राउ पर्नेमा मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ७ नागसोती बस्ने ३९ बर्षीय जगन्नाथ ढकाल रहेका छन्।



    प्रतिवादी ढकाल समेतका व्यक्तिहरुको समुहले मिति २०६१ असाेज ७ गते काठमाण्डौको जडिवुटीमा पिडितलाई नियन्त्रणमा लिई मुखमा टेप लगाई वोल्न कराउन नदिई जवरजस्ती भ्यानमा राखी एकान्तस्थानमा लगी पिडितको साथमा रहेको नगद र मोटरसाईकल लुटेका थिए।



    प्रहरीका अनुसार मोवाइल समेत गरी जम्मा रु.११ लाख ६३ हजार ९ सय बराबरको धनमाल ढकाल समुहले लुटेका थिए। लुटपाट गरेदेखि ढकाल फरार रही विदेशमा गई बसेको र पछिल्लो समयमा नेपाल आई लुकिछिपी बसेको अवस्थामा अपराध महाशाखाबाट खटिएको विशेष टोलीले उनलाइ साेमबार पक्राउ गरेकाे हाे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार