Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  •  नेकपा फुट्न लागेको बेला ओली र देउवाबीच गोप्य समझदारी, लोभमा फस्दै देउवा !

     नेकपा फुट्न लागेको बेला ओली र देउवाबीच गोप्य समझदारी, लोभमा फस्दै देउवा !

    अनलाइन नेपाल
  • बिहिबार, ४ मंसिर २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । सरकारले काम गर्न सकिरहेको छैन तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भने मौन बसेको छ।

    आवश्यक्ताभन्दा पनि धेरै संख्या हुँदा पनि नेकपाले काम गर्न नसक्नु नेपाली कांग्रेसका लागि आन्दोलनको उर्वर मौका हो ।



    तर ,कांग्रेसका नेताहरु दर्शक बनेर नेकपाको बिबादलाई हेरिरहेका छन् । सभापति शेरवहादुर देउवा भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई भित्रभित्रै सहयोग गरिरहेका छन्



    हरेक ठाउँमा असफल भएको सरकारविरुद्ध कांग्रेसले मोर्चा खोल्न सकिरहेको छैन । कांग्रेसका कारण प्रधानमन्त्री ओलीको सरकारलाई सजिलो भएको छ । कांग्रेसले प्रभावकारी रुपमा जिम्मेवारी बहन गर्न नसक्दा सरकारलाई झन् सजिलो भइरहेको छ ।

    कांग्रेसले तिहारपछि आन्दोलन गर्ने निर्णय गरिसकेको छ । आन्दोलनको तयारी भने कांग्रेसले गर्न सकेको छैन । १४औँ महाधिवेशनका कारण आन्तरिक विवादमा रहेको कांग्रेसले आन्दोलनको गृहकार्यका लागि कार्यदल बनाएर काम गर्नुपर्ने थियो । अहिलेसम्म कांग्रेस कसरी सडक र सदनमा जाने भन्ने विषयमा मौन छ । कस्ता खालका आन्दोलन गर्ने भन्नेमै नेताहरूका बीच मतभेद छ ।

    संसदमा ओली सरकारलाई घेराबन्दी गरेर असहयोग गर्ने पक्षमा कांग्रेस रहे पनि त्यसमा शंकै शंका छ । संसद बोलाउन अहिलेसम्म कांग्रेसले दिनुपर्ने दवाव दिन सकेको छैन ।

    कांग्रेसले संसदको अधिवेशन बोलाउन ढिलाइ गर्नुको कारण कतै प्रधानमन्त्री ओली र सभापति शेरबहादुर देउवाबीच गोप्य समझदारी त छैन ? भन्ने प्रश्न उठाएको छ । कोरोना महामारीका बेला काम गर्न नसकेको सरकारका विरुद्ध कांग्रेसले आन्दोलनको मोर्चा खोल्न ढिला गरिरहेको छ ।

    कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतले छठपछि पार्टी आन्दोलनमा जाने बताएका छन् । उनले सरकारले जनताको जीवनसँग खेलवाड गरेको भन्दै कोरोनाको बहानामा भएका भ्रष्टाचार, अराजकता, विभिन्न काण्डहरूका विषयमा आवज उठाउने बताएका छन् ।

    ओलीलाई आफ्नै पार्टीका नेताहरूले असहयोग गरिरहेका छन् । दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिखित रुपमै ओली र ओली सरकार असफल भएको भनेर सचिवालयको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरिसकेका छन् ।

    यस्तो अवस्थामा कांग्रेसले आन्दोलनको मोर्चा खोल्न किन ढिलाइ गरिरहेको छ ? कार्यकर्ताहरूले बुझेका छैनन् । सभापति देउवालाई ओलीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायहरूमा भाग पाउँछु कि भन्ने आशा पनि हुन सक्छ ।

    सभापति देउवालाई अर्को धर्म संकट पनि छ । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको पद जोगाउनुछ । राजदूत राणा देउवाकी सासु हुन् । सबै राजदूतहरूलाई ओलीले फिर्ता बोलाए । राणालाई मात्रै ओलीले फिर्ता बोलाएनन् । सभापति देउवाकै आग्रहमा राणालाई जापानमा राजदूतमा राखिएको आरोप छ । पत्नी डा.आरजु राणको दवावमा देउवाले ओलीलाई आग्रह गरेर सासुको राजदूत पद जोगाइदिएको चर्चा छ ।

    सभापति देउवाले आफ्नो बिग्रिदै गएको छविलाई सुधार गर्न आवश्यक छ । सासु वा अन्य लोभलालसामा नपरेर सभापति देउवाले ओली सरकारविरुद्ध आन्दोलन घोषणा गरेर कार्यकर्ताहरूको मनोबल उठाउनुपर्छ ।

    कांग्रेसका कार्यकर्ताहरूले पनि सरकारविरुद्ध आन्दोलनको माग गरिहेका छन् । सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्ने मौका कांग्रेसका लागि योभन्दा अर्को बिकल्प छैन । पार्टीभित्रैबाट ओलीलाई असहयोग भइरहेका बेला प्रमुख प्रतिपक्ष दल कांग्रेसले सडक र सदन तताउने योभन्दा उपयुक्त मौका फेरि नआउन सक्छ । (युनाइटेड पोस्ट साप्ताहिक )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार