Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गर्भनर अधिकारीको हस्ताक्षर भएको नयाँ नोट आजदेखि प्रचलनमा

    गर्भनर अधिकारीको हस्ताक्षर भएको नयाँ नोट आजदेखि प्रचलनमा

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नयाँ नोट बुधबारदेखि चलनचल्तीमा आएको छ ।

    रु ५ को साविककै आकार र रङमा संकेत नम्बर थ/३४ ०००००१ देखि नं. ५४, ९९९९९९ सम्मको नयाँ नोट राष्ट्र बैंकले बजारमा पठाएको छ ।



    यस्तै रु १० को नोट पनि साविककै आकार र रङमा आएको छ । १० रुपैयाँको संकेत नम्बर ढ/८२ ०००००१ देखि द/४५ ९९९९९९ सम्म को नोट आजैबाट चलनचल्तीमा आएको हो । दुबै दरको नोटमा गर्भनर अधिकारीको हस्ताक्षर रहेको छ । यी नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नं. नेपालीमा वि.सं. २०७६ लेखिएको छ ।



    दुबै नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । यस्तै पछिल्लो भागमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक बैंक’ लेखिएको छ । पाँच रुपैयाँ नोटको पछाडिको मध्यभागमा याक तथा हुम्ला जिल्लाको लिमि क्षेत्रको हिमाल छ भने रुपैयाँ १० को नोटमा कृष्णसारको चित्र छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार