Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए ४३८ काेराेना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए ४३८ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, ३० मंसिर २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १७४ महिला र २६४ पुरुष गरी ४३८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १६ हजार ५५१ जना व्यक्ति संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ३१० , ललितपुरमा ८६ र भक्तपुरमा ४२ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा १ र ललितपुमा ३ जना गरी ४जना कोरोना संक्रमितको मृत्यु भएको छ।



    हालसम्म काठमाडौंमा मात्र ९३ हजार ५०२ जना संक्रमित भएका छन्, जसमध्ये ४४७ जनाको मृत्यु भएको छ। हालसम्म ८८ हजार ६  जना निको भएका छन्। ललितपुरमा १४ हजार ५२१ जना संक्रमित भएका छन्।



    जसमा १३७ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ६७७ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ५८ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ९८ जना निको भएका छन्।

    आज काठमाडौमा ४ हजार ३५३ ललितपुरमा ७०७ र भक्तपुरमा ३३३ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार