Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • पेनाल्टीमा चुकेका मेस्सीले गरे पेलेको कीर्तिमानसँग बराबरी

    पेनाल्टीमा चुकेका मेस्सीले गरे पेलेको कीर्तिमानसँग बराबरी

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आज भएको खेलमा बार्सिलोना र भ्यालेन्सिया बराबरीमा रोकिएका छन्।

    क्याम्प नाउमा भएको खेलमा घरेलु टोली बार्सिलोना भ्यालेन्सियासँग २–२ को बराबरीमा रोकिएको हो।



    खेल बराबरी भएर दुबै टोलीले अंक बाँडेपनि बार्सिलोनाका कप्तान लियोनल मेस्सी भने विश्व चर्चीत ब्राजिलियन खेलाडी पेलेसँग पेलेको किर्तिमानसँग बराबरी गर्न सफल भएका छन् ।



    मेस्सीले पेलेले एकै क्लबबाट ६४३ गोल गरेको कीर्तिमानसँग आफ्नो कीर्तिमान बराबरी गरेका हुन् ।

    हाल ८० वर्षका पेलेले १९ सिजन खेल्दै ब्राजिलियन क्लब सान्टोसबाट ६४३ गोल गरेका थिए।

    खेलमा भ्यालेन्सियाले अग्रता बनाएको थियो। खेलको २९ औं मिनेटमा मोक्तार दिएकाबीले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए।

    यता, बार्सिलोनाले ४५ औं मिनेटमा पेनाल्टीको अवसर पायो जसमा लियोनल मेस्सी चुके पनि लगत्तै हेडिङमार्फत गोल गर्दै कीर्तिमान बनाएका हुन् ।

    पहिलो हाफ १–१ गोलको बराबरीमा रोकियो। दोस्रो हाफमा बार्सिलोनाका रोनाल्ड अराउजोले घरेलु टोलीलाई अग्रता दिलाए। उनले खेलको ५२ औं मिनेटमा गोल गरेका थिए।

    तर, उता भ्यालेन्सियाका लागि ६९ मिनेटमा म्याक्सिमिलिआनो गोमेज गोञ्जालेजले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै तर्फबाट गोल हुन नसक्दा खेल २–२ को बराबरीमा रोकियो।

    बराबरीसँगै बार्सिलोना २१ अंकसहित पाँचौं स्थानमा यथावत छ भने १५ अंक जोडेको भ्यालेन्सिया तालिकाको १२ औं स्थानमा छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार