Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पोर्न साइटमा प्रेमिकाकाे अस्लिल भिडियो राखेर ब्ल्याकमेल गर्ने प्रेमी पक्राउ

    पोर्न साइटमा प्रेमिकाकाे अस्लिल भिडियो राखेर ब्ल्याकमेल गर्ने प्रेमी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । प्रेमिकाको नग्न तस्वीर, भिडियो विभिन्न पोर्न साइटमा अपलोड गरि ब्ल्याकमेल गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

    मकवानपुर जिल्ला घर भएकी थाइल्याण्ड बस्दै आएकी परिवर्तित नाम पारिजात गरेकी युवतीलाई हेटौडा उपमहानगरपालिका ४ बस्ने आस्लम अन्सारीले नग्न तस्वीर भिडियो पोर्न साइटमा अपलोड गरि एक हजार ९८ डलर ब्ल्याकमेलिङ गरेको प्रहरीले जनाएको छ ।



    पक्राउ परेका अन्सारीले ती युवतीको भिडियो र तस्विर इन्टरनेटको प्रयोग गरि पोर्न साइटमा अपलोड गरिदिएका थिए ।



    भिडियो पोर्न साइटबाट हटाउनका लागि भने १ हजार ९८ डलर माग गर्ने गरेको प्रहरीले जनाएको छ । उनलाई हेटौडाबाट साइबर ब्युरोले पक्राउ गरेको हो । प्रहरीका अनुसार ती युवतीसँग अन्सारीले प्रेमको नाटक गरेर थाइल्याण्डसम्म पुगेका थिए ।

    तर, पक्राउ परेका अन्सारी विवाहित रहेको थाहा पाएपछि युवती सम्पर्कबाट टाढिएकी थिइन् । युवती टाढिएपछि नै अभियुक्त अन्सारीले ब्ल्याकमेलिङ गर्न थालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार