Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए २४७ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए २४७ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, १६ पुष २०७७
  • 3.3K
    SHARES

    ‍काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २४७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । १०३ महिला र १४४ पुरुषलाई संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यस्तै नेपालमा आज थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





    यस्तै बितेको २४ घण्टामा ४४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ ।

    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार