Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा ३ सय ६२ काेराेना संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा ३ सय ६२ काेराेना संक्रमित थपिए

    अनलाइन नेपाल
  • शनिबार, २५ पुष २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्।

    यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित छन्।



    गत २४ घण्टामा ४ हजार २ सय ८६ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ६२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ७८ हजार ८ सय ४७ पुगेको छ। 



    शनिबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय १२ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ६२ जना क्वारेन्टाइनमा छन्। 

    गत २४ घण्टामा ६ सय ९९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको मन्त्रालयले जनाएको छ।      

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार