Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • रुकुम पश्चिममा प्रचण्ड-नेपाल समूह र कांग्रेस कार्यकर्ताबीच झडप

    रुकुम पश्चिममा प्रचण्ड-नेपाल समूह र कांग्रेस कार्यकर्ताबीच झडप

    अनलाइन नेपाल
  • मंगलबार, ६ माघ २०७७
  • 2.8K
    SHARES

    रुकुम पश्चिम । रुकुम पश्चिममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

    रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ स्थित राडी बजारमा सोमबार बेलुकीदेखि दुई दलका कार्यकर्ताबीच झडप भइरहेको हो ।



    बिहानदेखि पटकपटक झडप भएपछि प्रहरीले २ राउन्ड एसएलआर र ७ राउण्ड थ्री नट थ्री राइफलबाट गरी ९ राउन्ड हवाई फायर गरेको छ । यस्तै १ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिनका लागि हवाई फायर गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।



    सोमबार बेलुकी ८ बजेबाट दुवै पक्षका कार्यकर्ताबीच विवाद भएपछि विवाद समाधान गरिए पनि मंगलबार बिहानैदेखि पुनःझडप भएको डीएसपी श्रेष्ठले बताए ।

    नेकपाका ८–१० जना र नेपाली कांग्रेसका १०–१५ जना जम्मा भएर विवाद भइरहेको थाहा पाएपछि सोमबार नै उनीहरुलाई तितरवितर पारिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार