Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • रुकुम पश्चिमको राडी बजारमा लगाइएको निषेधाज्ञा हट्यो

    रुकुम पश्चिमको राडी बजारमा लगाइएको निषेधाज्ञा हट्यो

    अनलाइन नेपाल
  • बिहिबार, ८ माघ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आठबीसकोटस्थित राडीबजारमा लगाइएको निषेधाज्ञा हटाएको छ ।

    आठबीसकोट नगरपालिका–९, राडीबजारमा ६ गते साँझ ५ बजेदेखि लगाइएको निषेधाज्ञा बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी हटाएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।



    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच ६ गते दिनभर झडप भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।



    अहिले अवस्था सामान्य रहेकाले निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार