Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गगन थापाको प्रश्न – असंवैधानिक र अलोकतान्त्रिक कदमबिरुद्ध बोल्दा मुख थुन्न खोज्ने ?

    गगन थापाको प्रश्न – असंवैधानिक र अलोकतान्त्रिक कदमबिरुद्ध बोल्दा मुख थुन्न खोज्ने ?

    अनलाइन नेपाल
  • बिहिबार, २९ माघ २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काडमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक काम गरिरहेको बताएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि उनले कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने सरकारले त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको बताएका हुन् ।



    उनले भनेका छन् ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने? उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार